×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? 

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले पुष मसान्तसम्म २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत र सञ्चालन आम्दानी १४.२८ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैंकको सञ्चालन नाफा ५१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ । यही कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा बढ्न पुगेको हो । तर, यस अवधिमा बैंकको खराब कर्जा भने २.८९ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी