काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप सम्मानित भएका हुन् ।
उनी ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन ।
अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए ।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्