काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएको छ । समितिले पछिल्लो समय अचाक्ली महँगिएको सिमेन्टको मूल्यमा हस्तक्षेप गरेर भए पनि मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा लामो समय चलेको छलफलपछि समितिका सभापति ऋषिकेश पोखरेलले सिमेन्टको मूल्यमा अस्वभाविक मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्य नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिँदै सिमेन्टको मूल्यमा हस्तक्षेप गरेर भए पनि महँगी नियन्त्रण गर्न निर्देशन दिएका थिए । साथै समिति सभापति पोखरेलले सिमेन्टको मूल्यको विषयमा आवश्यक अध्ययन गरी ७ दिनभित्र जवाफ पेश गर्न पनि निर्देशन दिएका छन् ।
त्यस्तै, सार्वजनिक लेखा समितिले कुनै पनि वस्तु तथा सेवाको मूल्य निर्धारण तथा नियमित रुपमा परीक्षण गर्न मूल्य निर्धारण प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । साथै समिति सभापति पोखरेलले सिमेन्ट उद्योगहरुमा लोडसेडिङ भएको जानकारी आएकाले त्यसबारेमा पनि जानकारी पठाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्