×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको नाफामा उल्लेख्य बढोत्तरी, ईपिएस पनि बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु बैंकको नाफामा उल्लेख्य बढोत्तरी, ईपिएस पनि बढ्यो

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत र सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत बिन्दुले बढेर ५.०६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको प्रभु बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी