काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । बुधबार ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएको हो ।
ओलीको स्वास्थ्यमा अचानक समस्या देखिए पनि अवस्था सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार चिसोका कारण ओलीको स्वर भासिएको छ ।
बोल्न पनि अफ्ठ्यारो भएपछि ओलीले दैनिक तालिका अनुसार कामहरु स्थगित गरेर बालुवाटारमा आराम गरिरहेका छन् ।
ओलीको स्वास्थ्यमा समस्या देखिएकै कारण बुधबार हलचोकमा सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा पनि उनी अनुपस्थित भएका छन् । प्रधानमन्त्री अनुपस्थित भएपछि गृहमन्त्री रमेश लेखक प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्