काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ ।
करिब चार महिनापछि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको अवरोधबीच सभामुखले संसद् अघि बढाएपछि रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
बैठक बहिष्कार गरेर रास्वपाका सांसदहरु बैठक हलबाट बाहिरिएपछि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।
हाल बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।