काठमाडौँ । समृद्धि फाइनान्सको खराब कर्जा ह्वात्तै बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार पुष मसान्तसम्म फाइनान्सको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि फाइनान्सको नोक्सानी बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्स ६ करोड २८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स २ करोड १३ लाख रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १७६.१९ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १७.५७ प्रतिशतले बढेको छ ।
खराब कर्जा बढेकै कारण फाइनान्सको इम्पेयरमेन्ट चार्ज ६२ लाख रुपैयाँबाट बढेर ६ करोड १२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १५ रुपैयाँ ३४ पैसा ऋणात्मक छ भने वितरणयोग्य मुनाफा पनि ६८ करोड १ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । हाल ८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको समृद्धि फाइनान्सको जगेडा कोष ४० करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्