×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुबईबाट फर्किँदा एयरपोर्टमा गायक अमात्यको ब्यागको ताला काटियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुबईबाट फर्किँदा एयरपोर्टमा गायक अमात्यको ब्यागको ताला काटियो

Artha Sarokar

१३ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विदेशबाट फर्किँदा गायक योगेश्वर अमात्यको ब्यागको ताला काटिएको पाइएको छ । दुबईबाट काठमाडौँ फर्किने क्रममा उनको ब्यागको ताला काटिएको पाइएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ताला काटिएको ब्यागको फोटो सेयर गर्दै गायक अमात्यले एयरपोर्टमा आफ्नो ब्यागको ताला काटिएकोबारे जानकारी दिएका थिए ।

उनले दुबईबाट फर्किने क्रममा ह्वीस्की किन्दा पाएको क्याबीन ब्यागको ताला काटिएको बताएका छन् । उक्त ब्यागमा औषधि, चप्पल लगाएतका सामान राखिएको अमात्यले बताएका छन् । तर, चेकइनका क्रममा एयरपोर्टमा ब्यागको ताला नै काटिएको उनले बताएका छन् ।

दुबईबाट घर फर्केको दुई दिनपछि हेर्दा ताला काटिएको भेट्टाएको बताएका छन् । तर, ब्यागमा महत्पूर्ण मालसामान केही नभएकाले कुनै क्षति नभएको उनले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी