Skip to content
LAXMI SUNRISE BANK

आईपीओ जारी गरेर पैसा उठाउने काम बन्द गरौँ- चेम्बर

अर्थ सरोकार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आईपीओ जारी गरेर पैसा उठाउने क्रम बन्द गर्नुपर्नेमा जोड दिएको छ । पछिल्लो समय घाटामा रहेका कम्पनीका ब्यालेन्ससिटमा म्यानुपुलेसन गरेर सर्वसाधारणमा आईपीओ जारी गरेर पैसा उठाउने क्रम बढेपछि चेम्बरले यस्तो कार्य बन्द गर्नुपर्नेमा जोड दिएको हो ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले कतिपय कम्पनीहरूले सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफूतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै यस्तो गतिविधिलाई सरकारले सुक्ष्म तरिकाले नियमन गर्नुपर्ने बताएका छन् ।

योसँगै उनले अहिले सेयर बजारमा म्यानुपुलेसन भइरहेकोले सजक रहन समेत आग्रह गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK