Skip to content
LAXMI SUNRISE BANK

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः जीबी राई र रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दायर 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु राई (जीबी राई) र रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ । ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ सङ्गठित रूपमा ठगी भएको निष्कर्षसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३९ जनाविरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको हो । 

सरकारी वकिल कार्यालयले मुद्दामा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाएको छ । 

सरकारी वकिल कार्यालयले गोरखा मिडियाका अध्यक्ष राई र रास्वपा सभापति लामिछानेलाई संयुक्त रुपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० रुपैयाँ बिगो कायम गरेको छ  भने छविलाल जोशीलाई एकल रूपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० बिगो कायम गरी मुद्दा दायर गरिएको छ  । 

स्वर्णलक्ष्मी सहकारीमा भएको ठगी प्रकरणमा दायर भएको मुद्दामा प्रतिवादी बनाइएका जीबी राई, रवि लामिछाने र छविलाल जोशीविरुद्ध हाल पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अभियोगमा जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ । पुष ७ गते जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा हाल थुनछेक बहस चलिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK