×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न

Artha Sarokar

१ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको हो ।

उक्त साधारण सभाले सेयरधनीहरुलाई आव २०८०-८१ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय समेत पास गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० रुपैयाँबाट बृद्धि गरि ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुऱ्याउने निर्णय समेत यस साधारण सभाले गरेको छ ।

काठमाडौँको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको सस्थाले जनाएको छ ।

वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा वित्तीय संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८०-८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९ रुपैंया २५ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । साथै, यस वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भएका छन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी