काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि अर्थतन्त्र सुध्रिएको दाबी गरेका छन् ।
आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बसेको ८औँ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले र काँग्रेसको गठबन्धनपछि बनेको सरकारले अर्थतन्त्र सुधारेको दाबी गरेका हुन् ।
विगतमा मुलुकको अर्थतन्त्रमा सुधारको संकेत नदेखिए पनि नयाँ सरकार बनेपछि अर्थतन्त्र सुध्रिँदै गएको ओलीले बताएका छन् ।
त्यस्तै, उनले यही सरकारको पालामा मुलुकको अर्थतन्त्रले समृद्धिको नयाँ खुड्किलो चढ्ने दाबी गर्दै यही सरकारको पालामा देशमा आर्थिक समृद्धिको सुरुवात हुने पनि बताएका छन् ।