काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले कुलमानलाई ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयका अनुसार कुलमानले कार्य सम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र कार्य सम्पादन मूल्यांकनका लागि चाहिने विवरण अझै बुझाएका छैनन् ।
सोही विवरणका आधारमा मन्त्रालयको समितिले कार्य सम्पादन मूल्याङ्कन गर्छ । कार्य सम्पादन मूल्यांकनमा ५० प्रतिशत भन्दा कम अंक ल्याएमा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सकिने व्यवस्था छ । तर, सम्झौता अनुसार मन्त्रालयमा विवरण नबुझाएको भन्दै मन्त्रालयले कुलमानलाई स्पष्टीकरण सोधेको हो ।
कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा मन्त्रिपरिषद्को निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा मन्त्रालयले गठन गरेको प्राविधिक समितिलाई सहयोग नगरेको र सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायत विषय उल्लेख गरिएका छन् । मन्त्रालयले कुलमानलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ ।
यता कुलमानले भने आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकोले प्राधिकरणबाट किन नहटाउने ? भन्ने स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्