×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनामा बैंकिङ प्रणालीबाट १४ खर्ब ८६ अर्ब तानेको राष्ट्र बैंकले फेरि ४० अर्ब तान्दै, बैंकमा पैसा धेरै भएको हो ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६ महिनामा बैंकिङ प्रणालीबाट १४ खर्ब ८६ अर्ब तानेको राष्ट्र बैंकले फेरि ४० अर्ब तान्दै, बैंकमा पैसा धेरै भएको हो ? 

Artha Sarokar

२ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो ६ महिनामा बैंकिङ प्रणालीबाट पौने १५ खर्ब तरलता तानेको नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले आज (माघगते) ४० अर्ब रुपैयाँ तान्न लागेको हो । 

अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन प्रणालीबाट तरलता तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । बुधबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता तान्न लागेको हो । 

बुधबार राष्ट्र बैंकले तान्न लागेको ४० अर्ब निक्षेपको म्याद २१ दिनको हुनेछ । राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले बुधबार (आज) दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेपको साँवा र ब्याज माघ २३ गते भुक्तानी गरिनेछ । 

आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । 

बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएपछि अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन बैंकिङ प्रणालीबाट तरलता तान्न थालेको राष्ट्र बैंकले पछिल्लो ६ महिनामा १४ खर्ब ८६ अर्ब रुपैयाँ तरलता तानिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी