काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्ने-बनाउनेहरु बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट घर बनाउनका लागि ३ खर्ब बढी ऋण प्रवाह भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ व्यक्तिगत आवसीय कर्जा प्रवाह गरेका छन् ।
जुन गत आर्थिक वर्षको तुलनामा ५.१९ प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा कुल ३ खर्ब ४ अर्ब ३ करोड ५३ लाख रुपैयाँ व्यक्तिगत आवसीय कर्जा प्रवाह गरेका थिए ।
चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै एनआईसी एशिया बैंकले व्यक्तिगत आवसीय कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्