Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ह्वातै बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १९ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३७ हजार ७ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२४.५० रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK