काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पिंडालूको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ र भारतीय रातो आलु ३६ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, लोकल गाजर ८० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, बन्दा तराई १५ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, रातो मुला २०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, टाटे सिमी ४०, मटरकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ८०, लौका ५०, तराई परवर ९० रुपैयाँ, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) १५, भिण्डी ९०, सखरखण्ड ८०, बरेला ३०, पिंडालू ८०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १५ र तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र चमसूरको साग ६० रुपैयाँमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ५०, बकूला ८०, तरुल ७०, कन्य च्याउ ६०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, सिताके च्याउ ७००, रुख टमाटर १२०, कुरिलो १०००, ब्रोकाउली ४०, चुकन्दर ९०, जिरीको साग ६०, सेलेरी ३००, पार्सले ७००, पुदिना ३००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १२०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी ७०, हरियो लसुन १६०, हरियो धनियाँ ५०, चाइनिज सुकेको लसुन २८०, लसुन सुकेको नेपाली २८०, छ्यापी सुकेको १४०, छ्यापी हरियो २००, ताजा माछा (रहु) ३३०, ताजा माछा (बचुवा) २४० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ (फूजी) २६०, केरा (दर्जन) १५०, कागती १३०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (नेपाली ) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ८०, निबुवा ४०, अम्बा १००, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ६०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्