काठमाडौँ । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसइई)को परीक्षा चैत ७ गतेदेखि हुने जनाएको हो । कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ भने ११ बजे सकिनेछ । परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म चल्नेछ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतम् वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।
त्यस्तै, परीक्षाको दोस्रो दिन भने अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी र तेस्रो अनिवार्य गणितको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तो छ परीक्षाको तालिकाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्