×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै लाखौँ रकम ठग्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै लाखौँ रकम ठग्ने तीन जना पक्राउ

Artha Sarokar

७ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ वर्षीय तिलक बहादुर कार्की, ३६ वर्षीय हरि बहादुर बिष्ट र ३४ वर्षीया जमुना परियार रहेका छन् ।

पिडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये तिलक बहादुर कार्कीले एक जनालाई युके पठाउने भन्दै एक लाख रुपैयाँ र हरि बहादुर बिष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट दुई लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यस्तै, जमुना परियारले ३ जनालाई अष्ट्रेलिया पठाउने भन्दै २८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

हाल भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी