काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय राकेश कुमार रावत, ३३ वर्षीय दुधराज थिङ्ग र ३४ वर्षीय प्रभा श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये राकेश कुमार रावतले एक जनालाई मौरिरस पठाउने भन्दै ६ लाख ४५ हजार रुपैयाँ र दुधराज थिङले एक जनालाई क्यानडा पठाउने भन्दै ७ लाख ५० हजार रुपैयाँ र प्रभा श्रेष्ठले एक जनालाई सिंगापुर पठाउने भन्दै ७ लाख ८ हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
हाल उनीहरुलाई ठगी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्