Skip to content
LAXMI SUNRISE BANK

व्यवसायीमाथि रड प्रहार गर्ने दुई जना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा व्यवसायीमाथि रड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि रड प्रहार गर्ने दुईजना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा दीपक बरामु र अजय लामा रहेका छन् । उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको बताइएको छ ।

उनीहरुले कार्तिक ११ गते नुवाकोटको ककनी गाउँपालिका-६ का ३५ वर्षीय घरजग्गा व्यवसायी बिक्रम लामामाथि रड प्रहार गरेका थिए । त्यसपछि उनीहरु फरार भएका थिए । 

घटनामा संलग्न निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् भने पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । घटनामा संलग्न लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK