×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

२३ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय कृष्ण यदुवंशी र ३७ वर्षीय राजेश बराम रहेका छन् ।
काम पनि राम्रो, दाम पनि राम्रो भन्दै उनीहरुले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कृष्ण यदुवंशीले ७२ लाख ४८ हजार १ सय ५० र राजेश बरामले ८ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनिहरुलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष २२ गते पक्राउ गरेको हो । हाल उनीहरुलाई पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी