×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ सय ६५ नेपालीलाई स्वदेश फर्काउँदै अमेरिका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१३ सय ६५ नेपालीलाई स्वदेश फर्काउँदै अमेरिका

Artha Sarokar

१६ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले १ हजार ३ सय ६५ नेपालीलाई देशनिकाला गर्ने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले १ हजार ३ सय ६५ नेपालीहरुलाई देशनिकाला गर्न लागेको हो । 

अमेरिकाले सार्वजनिक गरेको देश निष्कासनमा परेकाहरुको सूचीअनुसार १४ लाख ४५ हजार भन्दा बढी आप्रवासीलाई संयुक्त रुपमा देशनिकाला गरिँदैछ । 

अमेरिकाले यसअघि केही अवैध आप्रवासीलाई आफ्नो देश फर्काइसकेको छ भने केहीलाई हिरासतमा राखेको छ । बाँकीलाई भने स्वदेश फर्काउने तयारी अमेरिकाले अगाडि बढाइसकेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी