Skip to content
LAXMI SUNRISE BANK

वाइडबडी प्रकरणः संसदीय छानबिन समिति बनाउन रास्वपाको माग 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको अनियमितताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ । 

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् । 

उनले नेपाली मूलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको र नेपालमा उक्त प्रकरणका छानबिन गर्ने निकायमाथि नै अदालतले प्रश्न उठाएको बताउँदै छानबिन समिति गठन गर्न माग गरेका छन् । 

सांसद खनालले वाइडबडी जहाज खरिद गर्दा भएको भनिएको आर्थिक अनियमितताको विषयमा संसदीय छानबिन समिति बनाएर स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK