×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Artha Sarokar

११ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाँउपालिका वडा नं २ घर भई काठमाडौँ महानगरपालिका वडा नं ६ बस्ने ४० वर्षीया लालिमाया दर्लामी रहेकी छिन् ।

उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया लैजाने भन्दै पाँच लाख ७५ हजार रुपैयाँ ठगी गरेकी थिइन् ।

लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा प्रहरीले दर्लामीलाई काठमाडौँ महानगरपालिका वडा नं ९ बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी