काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक दिनमै सय बढीलाई कारवाही गरेको छ । महानगरले बुधबार मात्रै एक सय १५ जनालाई कारवाही गरेको हो ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले एकैदिन १ सय १५ जनालाई जरिवाना तिराएको छ ।
महानगरले सहरी सुव्यवस्था कायम गर्न भन्दै विभिन्न शीर्षकमा १ सय १५ जनालाई कारवाहीस्वरुप २ लाख ६३ हजार रुपैयाँ तिराएको छ । जसमध्ये ८८ वटा दुई पाङ्ग्रे सवारी साधनलाई अनधिकृत पार्किङ गरेको भन्दै कारवाही गरेको छ ।
त्यस्तै, अनधिकृत पार्किङ गरिएका ७ वटा सवारी साधन, जथाभावी फोहोर फाल्ने १८ जना सडकपेटीमा अवरोध हुनेगरि निर्माण सामाग्री राख्ने एक जना र सडकपेटीमा सवारी साधन राखेर व्यापार गर्ने एक जनालाई महानगरले कारवाही गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्