Skip to content
LAXMI SUNRISE BANK

अमेरिका पठाइदिने भन्दै एक करोड ४४ लाख ठगी, ३ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । अमेरिका पठाउने भन्दै १ करोड ४४ लाख ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका- १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका- ४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रुकुम पश्चिम मुसिकोट नगरपालिका– २ घर भई काठमाडौं टोखा नगरपालिका- ३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरुमाथि वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार उनीहरु अमेरिका पठाइदिन्छु भन्दै दुईजनाबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK