Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा ७ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गनबहादुर गुरुङ छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आतंक मच्चाएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेको नेतृत्वमा अपरेशसन नै चलाइएको थियो । सोही अपरेशन टोलीले ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई हातहतियार देखाएर डर, त्रास फैलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK