Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि:शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK