Skip to content
LAXMI SUNRISE BANK

इसेवामा फेरि समस्या !

अर्थ सरोकार

काठमाडौं । नेपालको सबैभन्दा बढी बिग्रने डिजिटल वालेट इसेवामा पुन: समस्या देखिएको छ । बिहीबार बेलुकी ६:३० यता वालेटमा लग इन नै नहुने, लग इन भए कारोबार नहुने लगायतका समस्या देखिएको हो । इसेवामा आज पनि समस्या देखिएपछि लाखौँ ग्राहक प्रभावित बनेका छन् ।

इसेवाका  अधिकारीका अनुसार समस्या देखिएपछि इसेवाको टोली समस्या समाधानमा लागेको छ । यध्यपी अओ समाधान अस्थायी हुनेछ भने केहि समयपछि एपमा पुन: समस्या देखिनेछ ।

इसेवामा केही दिन अघि मात्र समस्या आएको थियो । वालेटभित्र भएको टेक्निकल बग पूर्ण रुपमा फिक्स्ड नभईसकेकाले यस्तो समस्या आएको इसेवाका कर्मचारीहरुको दाबी छ ।

इसेवामा पटक पटक समस्या आउनु र इसेवाका सिइओ जगदिश खड्काले कम्पनी छोड्न लागेको चर्चाको संयोगलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK