Skip to content
LAXMI SUNRISE BANK

सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक 

अर्थ सरोकार

काठमाडौँ । सशस्त्र प्रहरीमा जागिर खुलेको छ । सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षक पदका लागि जागिर खुलाएको हो । 

उक्त पदमा सशस्त्र प्रहरीले २८ जना माग गरेको छ । जसमध्ये ८ जना कानूनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरिएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ । 

सशस्त्र प्रहरीको उक्त जागिरमा फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले जनाएको छ । आवेदन अनलाइनमार्फत पनि दिन सकिनेछ । 

अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK