×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका पठाउने भन्दै साढे ४ लाख ठग्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिका पठाउने भन्दै साढे ४ लाख ठग्ने पक्राउ

Artha Sarokar

६ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला वेलका नगरपालिका वडा नं. ०४ घर भई काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ०८ बस्ने ३२ वर्षीय शर्मिला बिष्ट रहेकी छिन् ।
उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् । उनलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी