Skip to content
LAXMI SUNRISE BANK

ग्रीस पठाउने भन्दै झण्डै साढे ६ लाख ठग्ने पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी सुस्ता पुर्वी हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालबास घर भई काठमाडौँ महानगरपालिका वडा नं. १६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती रहेकी छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ ३० गते बनस्थलीबाट पक्राउ गरेको हो ।

सोतीले एक जनालाई ग्रीस पठाउने भन्दै ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकी थिइन् । पीडितका अनुसार उनले आकर्षक तलब हुने प्रलोभनमा पारेर ग्रीस पठाउने भनेर पैसा लिई विदेश नपठाई उनी सम्पर्क विहिन भएकी थिइन् ।

हाल भने उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK