काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ पाँच बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बस्ने भएको हो ।
बैठकमा बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिदेखि थुप्रै एजेण्डा पेश गर्ने तयारी गरिएको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने प्रस्ताव पनि पेस गरिने तयारी गरिएको छ । ‘आजको बैठकमा थुप्रै एजेण्डामा छलफल हुनेछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव पनि पेस हुँदैछ ।’
यसो त प्राधिकरणबाट कुलमानलाई हटाउने चर्चा यसअघि पनि चलेको थियो । तर, बीचमा प्राधिकरण र उद्योगीबीचको जुहारी केही मत्थर भएपछि सो विषय पनि सेलाएको थियो । तर, घिसिङले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न विद्युत नियमन आयोगसँग अनुमति माग्दै पत्र पठाएपछि फेरि विवाद बल्झिएको छ ।
घिसिङको सो कदम रोक्न उद्योगीहरुले यसअघि नै लबिङ सुरु गरिसकेका थिए । ‘सम्भवतः आजको बैठकले कुलमानलाई प्राधिकरणबाट हटाउन सक्छ ।’, ती मन्त्रिले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्