काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौँमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
यस अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो । नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरि सहकार्य गर्न राजदूत बास समक्ष आग्रह गरे ।
‘नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधी क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरु रहेका छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरुबाट दुबै देशले फाइदा लिन सक्नन् । तसर्थ म इजरायली लगानीकर्तालाई राजदूत मार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु ।’ उनले भने । इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहि आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘इजरायल नेपालको पूरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेका छौं । खासगरि साना किसान सहकारी मार्फत नेपालीहरुलाई इजरायमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरुले फाइदा लिएका छन् ।’ उनले भने ।
राजदूत बासले महासंघसंग सहकार्यकार्यका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आससी सहकार्यलार्ई थप प्रभावकारी बनाइने धारणा राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्