×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिय सूर्यज्योति…, बिमितलाई सहज रुपमा भुक्तानी देऊ, अदालत जाने नियतिको अन्त्य गर… (सम्पादकीय)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रिय सूर्यज्योति…, बिमितलाई सहज रुपमा भुक्तानी देऊ, अदालत जाने नियतिको अन्त्य गर… (सम्पादकीय)

Artha Sarokar

४ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ  । यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी नदिएपछि पीडित बनेका बिमित अंगद खड्काको पक्षमा उच्च अदालतले गरेको बीमा पाउने फैसला चर्चामा छ । बीमा गरेपछि घातक रोगको सिकार बनेका उनलाई सूर्यज्योतिले दाबी रकम नदिएपछि उनी बीमा प्राधिकरणमा उजुरी लिएर पुगेका थिए । प्राधिकरणले समेत उनको दाबी पुग्ने भन्दै बीमा दाबी रकम दिन सूर्यज्योतिका नाममा पत्राचार गर्यो । तर बीमा रकम दिनुको साटो सूर्यज्योति बीमा दाबी तिर्नुपर्दैन भन्दै अदालत गयो । अन्तत: अदालतले पनि कम्पनीलाई हराएर बिमितका पक्षमा फैसला गरिदियो ।

अदालतले बिमितका पक्षमा फैसला गरेपछि अहिले एउटा प्रश्न चोटिलो बनेको छ । के बिमित बीमा रकम लिन अदालत धाउनुपर्ने हो ? सूर्यज्योतिले निर्लज्ज हारेको यो मुद्दामा बिमितको आवाज एउटै छ, ‘बिमितलाई सहज रुपमा भुक्तानी दिनुपर्छ । बीमा रकमका लागि अदालत जाने नियतिको अन्त्य हुनुपर्छ ।’

सूर्यज्योतिले अंगद खड्कालाई दिनुपर्ने दाबी भुक्तानी नदिएको प्रकरण बाहिर आएपछि अहिले सूर्यज्योतिका कर्मचारी र बीमा अभिकर्ताहरु शसंकित बनेका छन् । कतिपय कर्मचारी र अभिकर्ता त फुर्सदिलो भएपछि सामाजिक संजालमा अंगद खड्काको पक्षमा बोल्ने मिडियालाई गाली गर्ने, छाडा र अपशब्द प्रयोग गरेर कम्पनीको प्रतिष्ठामा नै आँच आउने गरी बोल्ने गरिरहेका छन् । यसले अंगद खड्का प्रकरणले धुमिल भएको सूर्यज्योतिको प्रतिष्ठा झनै धुमिल पारिदिएको छ । दूरदृष्टिले हेर्दा यस्ता प्रकरणले समग्र बीमा क्षेत्रलाई नै आउने दिनमा थप असर गर्ने पक्का छ ।

अंगद खड्काको प्रकरण बाहिर आएपछि कम्पनी आफुले गरेका केहि भुक्तानीका सामान्य खबरहरुलाई प्रमोट गरिरहेको छ, टार्गेट पुर्याउन नसकेका कम्पनीका शाखा प्रमुखहरुलाई आफ्नै खर्चमा काठमाडौँ बोलाएर तालिम दिईरहेको छ । बीमा कम्पनीका कर्मचारीहरुलाई अंगद खड्का र खड्काको पक्षमा लेख्नेहरुलाई छाडा गाली गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहित गरेझैँ देखिएको कम्पनीको हर्कतले ‘कमजोर मान्छे रिसाउँछ, काम नभएपछि गाली गलौजमा उत्रन्छ’ भन्ने तथ्य पुष्टि नजिक लैजाँदैछ । यस्ता हर्कतबाट माथि उठेर सूर्यज्योतिले बिमितका पक्षमा काम गर्न आवश्यक छ ।

सूर्यज्योतिका नाममा अंगद खड्काको केस पहिलो हुँदै होइन, अन्तिम हुने छाँट छैन । अहिले सूर्यज्योति चौतर्फी विवादमा छ । सूर्यज्योतिका संचालक देखि सीइओ सम्मका सर्टिफिकेटको समकक्षताका विषयमा प्रश्न उठेका छन्, नियामककहाँ उजुरी छन् । डमी कोडमार्फत अकुत कमाउनेहरुको धन्दा सविस्तार आईरहेको छ । र त आफ्नो पोल खुल्ने डरले केही कर्मचारीहरु संजालमा कुण्ठा पोखिरहेका छन् ।

यी सब कुरा त चल्दै जाला, कम्पनीको हैसियत देखाउने कर्मचारीको बानी, व्यहोराले पक्कै होला । तर चुरो कुरोचाहिं बिमितले बीमा दाबी भुक्तानी निर्वाद पाउनुपर्छ भन्ने हो । अंगद खड्काले बीमा दाबी पाउनुपर्दैन थियो भने प्राधिकरण र अदालतले किन पाउनुपर्छ भने त ? पाउनुपर्थ्यो भने सुरुमै किन कम्पनीले दिएन त ? प्रश्न गम्भीर छ । सूर्यज्योतिले मात्र होइन, सबै कम्पनी यस विषयमा गम्भीर हुन आवश्यक छ । बीमा दाबी रकम नै नपाउने हो भने बीमा गर्नुको के अर्थ भयो र ? होइन र ?

सूर्यज्योति फगत कोहि संचालकको कम्पनी होइन, यो आम सर्वसाधारणको कम्पनी हो । जनताबाट चलेको कम्पनीले जनतालाई दुख दिनु हुँदैन । जनताका विपक्षमा छाडा बोल्ने कर्मचारीहरुलाई च्याप्नु हुँदैन, जनतालाई बेकार अदालतको तारेख धाउने बनाउनुहुँदैन । जनताको कम्पनीले जनतालाई सेवा दिनुपर्छ । घातक रोग कसैको रहर हुँदै होइन, बीमा गरेकाले रोग लागेपछि दाबी पाउनुपर्छ । दाबी रकम दिन मिल्दैन थियो भने किन गरियो त बीमा ? बीमा गर्नेलाई कारवाही खोइ? यो विषयमा सूर्यज्योति बोल्नुपर्दैन ? (भिडियो) 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी