काठमाडौँ । डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्रै सटही हुने जनाएको हो ।
त्यसपश्चात भने राष्ट्र बैंकबाट डेनिस क्रोनर नोट साट्न पाइने छैन । डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात सटही नगर्ने जनाएको हो ।
राष्ट्र बैंकले डेनिस क्रोनर नोट भएका व्यक्तिहरूले फागुन मसान्तभित्र राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशका कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट तोकिएको समयमा साट्न भन्दै सूचनामा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले फागुन मसान्त पश्चात डेनिस क्रोनर नोट सटही गर्न सम्बन्धित निकाय बाध्य नहुने पनि बताएको छ । कानूनी ग्राह्यता खारेज गरिएका बैंकनोटहरु सम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्