काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका-५, पञ्चासेका एक अशक्त महिलालाई ह्विलचेयर प्रदान गरेको छ । शनिबार निज महिलाको घरमा नै पुगेर लघुवित्तले उक्त ह्विलचेयर वितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।
यसैबीच, लघुवित्तले यही फागुन १० गते वार्षिक साधारणसभा गर्ने तयारी गरेको जानकारी गराइएको छ ।