काठमाडौँ । अमेरिकी सरकारले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने भएको छ । अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले यस्तो घोषणासँगै तयारी गरेका हुन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मस्कले सरकारी कर्मचारीलाई इमेलमार्फत राजिनामा दिन दबाब दिँदै आएका छन् ।
उनले ‘सरकारको लागि धेरै काम गर्यौ, अब सपनाको गन्तव्यमा गएर छुट्टी मनाउ’ भन्दै कर्मचारीहरुलाई इमेल पठाइरहेको छन् । सोही इमेलमार्फत मस्कले स्वेच्छाले जागिर छोड्नेलाई नगद प्रोत्साहनसहित बिदाई गर्ने प्रस्ताव गरेका छन् ।
हाल राजिनामा दिन नमानेका कतिपय सरकारी कर्मचारीलाई जिम्मेवारविहीन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको सरकारी सेवामा रहेका २३ लाख कर्मचारी हटाएपछि केही महत्वपूर्ण पदहरुमा मस्कले आफ्नो कम्पनीका कर्मचारीहरुलाई नियुक्त गर्ने तयारी गरेको खबरसमेत अमेरिकाकै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसो त मस्कले केही दिनअघि अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा गरेका थिए । यूएसएआईडी बन्द भए नेपालमा हजारौँ एनजिओकर्मीहरुको उठिबास लाग्ने पक्का छ । उनको यस्तो काममा अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले पनि सहमति जनाएका छन् ।