Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा नं ०३ घर भइ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं १३ नयाँबजार सोह्रखुट्टे बस्ने ३४ वर्षिया शान्ती श्रेष्ठ रहेकी छिन।

सम्मानित काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई उनी फरार रहेकी थिइन् ।

श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले फागुन १५ गते टंगालबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK