काठमाडौँ । गणपति लघुवित्त वित्तिय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले विभिन्न शिर्षकमा क्षमता अभिबृद्धी तथा सिपमुलक तालिम प्रदान गरेको छ । शाखा कार्यालय विजयपुर कास्कीले संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा एक दिने कुसन बनाउने तालिम सम्पन्न गरेको हो ।
सहभागी ग्राहक सदस्यलाई सम्बन्धित विषयविज्ञ पविना विकले प्रशिक्षण दिएका थिए । शाखा कार्यालय गजुरी धादिङ्ले आफ्ना ग्राहक सदस्यहरुलाई एक दिने व्यवसायिक तरकारी खेती तालिम गजुरीमा सम्पन्न गरेको छ । संस्थाको मुग्लिन अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशीको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक दिपक माझिको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको प्रशिक्षक बिषयविज्ञ अशोक श्रेष्ठले रहेका थिए ।
त्यस्तै, शाखा कार्यालय भानु तनहुँले पनि व्यवसायिक बाख्रा पालन तालिम भानुमा सम्पन्न गरेको छ । सम्बन्धित शाखा प्रबन्धक अनिल जंग पाण्डेको अध्यक्षतामा सो क्षेत्रका प्रहरी प्रमुखको प्रमुख आतिथ्यतामा सम्बन्धित बिषयविज्ञहरुले सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए । वित्तिय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई आत्मानिर्भर बनाउनका लागि सीप तथा क्षमता अभिबृद्धी गर्न विभिन्न शाखा कार्यालयहरु मार्फत निरन्तर सदस्य सीप बिकास तथा कृषि सम्बन्धि विउबिजन वितरण कार्यक्रम संचालन गरिरहेको बारे संस्थाको तालिम विकास तथा प्रवर्तन विभागले जानकारी दिएको छ ।
सबै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्