Skip to content
LAXMI SUNRISE BANK

खानी खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा माघ ३० गते धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष विज्ञय मान शेरचनको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गरेको छ ।

भव्य र सभ्यरुपले सम्पन्न सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट संचालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ ।

साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र संचालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK