Skip to content
LAXMI SUNRISE BANK

‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’ -वामदेव गौतम

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिएका छन् ।

बैठकको विशेष समयमा उनले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताएका हुन् । ‘नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्, राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना छैन’, उनले भने ।

गौतमले पूर्वराजालाई २०८४ को निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न सुझाब दिएका छन् ।  ‘पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK