Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि स्थिर रह्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार  प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १८९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३९ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२४.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK