प्रिया,
तिमी भेटको कुरा गर्छौँ
म टार्गेटको कुरा गर्छु
किनकि यसमा मेरो सपना छ
मेरो विगत छ, वर्तमान छ
अनि भविष्यको रेखा छ ।
म बैंकर हुँ ।
तिमी सम्बन्धको कुरा गर्छौँ
अनि तिमी नाताको कुरा गर्छौँ
तर म त खाताको कुरा गर्छु
किनकि मलाई सेभिङ बढाउनु छ
डिटिबी प्रोडक्ट बेच्नु छ
म बैंकर हुँ ।
प्रिया,
तिमी हजारका कुरा गर्छौँ
नभए सयका कुरा गर्छौँ
नाई म त समयका कुरा गर्छु
मलाई बजार जानू छ
ऋणका फाइल खोज्नु छ
वार्षिक बजेट पुर्याउनु छ
अधिकतम नाफा कमाउनु छ
म बैंकर हुँ ।
प्रिया,
तिमी इज्जतका कुरा गर्छौँ
देखावटी प्रतिष्ठा र सानका कुरा गर्छौँ
खयर मलाई इमानका कुरा गर्नुछ
किनकी, म बैंकर हुँ
मसँग मेरा अग्रजको विश्वास छ
आम जनताको भरोसा छ
गृहिणी, विद्यार्थी, कृषक अनि व्यावसायिको नासो छ
खाडीमा बेल्चा हान्नेहरूको सपना छ
म बैंकर हुँ ।
प्रिया,
तिमी डेलिभरिको कुरा गर्छौ
म रिकोभरिको कुरा गर्छु
मलाई कलेक्सन बढाउनु छ
घटाउनु छ एनपिएल
बढाउनु छ नाफा, बोनस र तलब
खरिद गर्नुछ केही थान अधुरा सपना
म बैंकर हुँ
साँच्चै तिमी प्रीतको कुरा गर्छौ
म अडिटको कुरा गर्छु
मलाई मेरा कर्म जीवित राख्नु छ
मान्नु छ माउ बैंकका निर्देशन
दिनु छ उचित प्रतिफल लगानीकर्तालाई
प्रफुल्ल राख्नुछ सबैका मन
म बैंकर हुँ ।
प्रिया,
झन्डै डेढ दशक भो
बैंकिङ उद्योगमा खन जोत थालेको
साँच्चैको बैंकर बन्ने सपना पालेको
चाल्दैछु मेरा सिकारु पाइलाहरू अझै
अग्रजको मार्गदर्शन पाइराखुँ सधैँ ।
म बैंकर हुँ
साँच्चैको बैंकर बन्ने सपना छ ।
म बैंकर हुँ ।
–एस.के. न्यौपाने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्