×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव

Artha Sarokar

२७ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् ।

मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका हुन् । उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए ।

वर्षगाँठ मनाउका लागि चौधरी परिवार शुक्रबार साँझ करिब ७:३० बजेतिर मिथिला थाली पुगेका थिए । मास्टर सेफ शाहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाएका हुन् ।

चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि-डिजर्ट र डिजर्ट बनाएका हुन् । शाहका अनुसार अधिकांश परिकार बनाउका लागि नेपाली रैथाने उत्पादनको प्रयोग गरिएको हो ।

‘उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो,’ उनले भनेका छन् ।

शाहले छोटो समयको सूचना र तयारीबीच विभिन्न परिकार बनाएर खुवाएको बताए । ‘उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरूमा त के गर्ने भनेर म आफैं अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो,’ शाहले भने ।

चौधरी परिवारको साथ र सहयोगले मौलिक संस्कृति र पाककलामार्फत नेपालको पहिचान प्रस्तुत गर्ने आफ्नो उत्साह थप बढेको मास्टर सेफ शाह बताउँछन् ।

त्यसअवसरमा चौधरीसँग नेपाली खाना र यसको विश्वव्यापी प्रबर्धनका विषयमा समेत कुरकानी भएको शाहले बताए । ‘नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुतीकरणमार्फ विश्वव्यापी बनाउन आवश्यक छ,’ चौधरीलाई उद्धृत गर्दै मास्टरसेफ शाहले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी