काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले माघ ३० गते एक सुचना जारी गर्दै केही संख्यामा शाखा प्रबन्धक, रिलेसनशिप म्यानेजर, लिगल अफिसर र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको सुचना अनुसार शाखा प्रबन्धक पदमा आवेदन दिन इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ ।
साथै, बैंक वा वित्तीय संस्थाहरूमा क्रेडिट र मार्केटिङका क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
रिलेसनशिप म्यानेजरको बैंक वा वित्तीय संस्थामा क्रेडिट र मार्केटिङ क्षेत्रमा तीन वर्षभन्दा बढीको कार्यानुभव भएको हुनु पर्ने बैंकले जनाएको छ ।
त्यसैगरी, लिगल अफिसरले मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन विषयमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
गोल्ड टेस्टर पदमा आवेदन दिनेले भने +२ वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
शाखा प्रबन्धक र लिगल अफिसरको हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र रिलेसनशिप म्यानेजर र गोल्ड टेस्टरको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ५ वर्ष थप हुनेछ।
उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्