Skip to content
LAXMI SUNRISE BANK

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन केसीको माग

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन् ।
केसीले ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् ।
योसँगै उनले यस विषयमा संसद्‍मा गम्भीर छलफल हुनुपर्ने माग राखेका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK