काठमाडौँ । पाल्पामा कोठाभाडा नदिएको भन्दै घरबेटीले डेरामा बस्नेको हत्या गरेका छन् । जिल्लाको तानसेन नगरपालिका-११ घर भएका माधव विष्टले आफ्नो घरमा डेरा गरी बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् ।
हाल बुढाथोकीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले विष्टलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कोठाभाडाबापत १४ सय रुपैयाँ नदिएको विषयमा विवाद हुँदा विष्टले बुढाथोकीको हत्या गरेका हुन् । प्रहरीका अनुसार बुढाथोकी मासिक ५ सय रुपैयाँ भाडामा विष्टको घरमा बस्दै आएका थिए ।
भाडाबापतको १४ सय नदिएको भन्दै विष्टले उनलाई हँसियाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सो दिन घरबेटी विष्टले मादक पदार्थ सेवासमेत गरेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्