Skip to content
LAXMI SUNRISE BANK

युके पठाउने भन्दै एक जनाबाटै ३७ लाख ठग्ने व्यक्ति पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । रोजगारीको लोभ देखाएर युके पठाउने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । युके पठाउने भन्दै एक व्यक्तिबाटै ३७ लाख ५० हजार ठगी गर्ने ३७ वर्षीय मदन भण्डारी पक्राउ परका हुन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भइ काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने भण्डारीलाई टेकुबाट पक्राउ गरिएको हो । 

भण्डारीले युके पठाइदिन्छु भन्दै एक व्यक्तिबाटै ३७ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए । आफू ठगिएको भन्ने थाहा पाएपछि पीडितले दिएको उजुरीका आधारमा भण्डारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

हाल पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK